
बाँके पुस १३ गते । फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज पाउनु भयो भने ख्याल गर्नुहोला । ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ लेखिएको त्यस्तो म्यासेजको पछाडी लेखिएको छ ‘ओपन दिस’ ।
तर, त्यो म्यासेज नखोल्नुहोला । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् ।
झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ (आफसेआफ जाने म्यासेज) गइरहेको हुन्छ । यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनधिकृत पहुँच राख्न सक्छ । त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस् । बरु समयमै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन ।
Discussion about this post