
खड्क सुृनार मुगु १४ गते । मुगु नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम पछिल्लो समय मासिदै गएका छन् । एक सातादेखि तालमा माछा मरेर तैरिन रारा तालको किनारमा देखिन थालेका हुन ।
रारा तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्ग्न्धित भएको छ । माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र काग लगायत चराले टिपेर खान थालेका छन् ।
जंगलको विषादीका कारण माछा मरेको अनुमान छ । मरेका माछा खान रारा मध्यवर्ती बस्तीका बासिन्दाहरु पनि त्रसित भएका छन् ।
मरेका माछाले गर्दा वरपरको वातावरण प्रदूषित भएको छायानाथ रारा नगरपालिका वडा नं ९ मुर्मा गाउँका स्थानीय बिर्खबहादुर रोकायाले बताए । एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका छन उनले भने ।
तालमा डुगां सवार गदागर्दा रबरका डुंगा वरिपरि मरेका माछा भेटिन्छन् ।
हिमपातले गर्दा वनजंगलको विषाधियुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताए ।
यसबारे अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । करिब २९ सय २९ मिटर उचाइमा रहेको तालमा असला माछा नासिए के हुने होला भन्दै आसपासका बासिन्दा चिन्ता गर्छन् । हिउँको पानी बग्ने खोलामा माछाको उक्त प्रजाति रारातालमा मरेको यो पहिलो घटना हो ।
विश्वको अग्लो र विश्वमा कहि कतै नपाईने नेपालमा पाईने ३ प्रजातिका असला माछा मध्ये १ प्रजातिका असला माछा रारातालमा मात्र पाईने र यस्को संरक्षणमा नेपाल सरकारले बिशेष ध्यान दिनु पर्ने रारा पर्यटन बिकास समितिका अध्यक्ष देविकृष्ण रोकायाले बताए ।
Discussion about this post