खोजखबर संवाददाता बाँके असार २४ गते । रसुवा- अविरल वर्षसँगै गएको पहिरोको कारण रसुवागडी नाका जोड्ने स्याफ्रु सडकखण्ड अवरुद्ध भएको छ ।
गत सोमबार राति परेको वर्षाको कारण सडकको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अबरुद्ध भएको हो । बाढीले सडक बगाउँदा आइतार पनि स्याफ्रु सडक अवरुद्ध भएको थियो ।
मर्मत पछि पुनः सञ्चालनमा आएको सडक फेरि अवरुद्ध भएको रसुवा प्रहरी निरिक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । छिट्टै सडक सञ्चालनमा ल्याउनको लागि सडकको पहिरो हटाउने कार्य भइरहेको रसुवा प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post