
बाँके पुस १४ गते । जिल्ला ट्राफिक प्रहरी बाँकेले नेपालगन्ज तथा कोहलपुरका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना सम्बन्धी सोमबार कार्यक्रम गरेको छ।
दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ ट्राफिक प्रहरीले नेपालगन्जको वडा नम्बर १० स्थित भृकुटीनगरमा रहेको प्रभात मेमोरियल स्कुलमा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी जानकारी दिएको हो।
जिल्ला ट्राफिक बाँकेका प्रमुख पबिन्द्र बम लगायत नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले प्रभाव स्कुलमा विद्यार्थीहरुलाई ट्राफिक नियम,जरिवाना बारेमा जानकारी दिएका थिए।
प्रभाव स्कुलमा भएको सचेतना कार्यक्रममा स्कुलका शिक्षकहरुको उपस्थिति तथा ६० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
Discussion about this post