
काठमाडौ पुस १५ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन विधयेक नरोकिने स्पष्ट पार्नुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमााडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताउनुभएको हो ।
प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउने प्रस्तावको मस्यौदा हाल मन्त्रीपरिषद्माा छ । भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिनुभयो । अहिलेसम्म कर्मचारीको प्राधिकरण फुटाउन नहुने मतबाट आफू कन्भिस नभएको र कन्भिन्स गरे विधेयक रोक्ने मन्त्री भट्टराईले बताउनुभयो ।
मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन पनि दिनुभयो । उहाले प्राधिकरणमा काम गर्ने कर्मचारीको विपरित कुनै कदम सरकारले नचाल्ने जिकिर गर्नुभयो ।
प्राधिकरणमा आधिकारिक कर्मचारी युनियनका अध्यक्ष श्रवणकुमार यादवले संस्थालाई कुनै पनि हालतमा टुक्रिन नदिने चेतावनी दिनुभयो ।
त्यस्तै प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बिमानस्थल सुधारदेखि पर्यटन भ्रमण बर्षसम्मको तयारीका बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो भने पर्यटनमन्त्री भट्टराईले प्राधिकरणको बार्षिक बुलेटिन बिमोचन गर्नुभएको थियो ।
Discussion about this post