
काठमाडौ पुस १५ गते । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ ।
पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो । मानव तस्करहरुले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माइती नेपालको भनाई छ । कोठीमा सबै गतिविधि देखिने तर अपार्टमेन्टमा प्रहरी तथा उद्धारकर्मी सघंसस्थाहरुले शंका नगर्ने भएकाले निजी अपार्टमेन्टलाई कोठीको रुपमा प्रयोग गर्न थालेको पाइएको माइती नेपाल अध्यक्ष विश्वराम खड्काले बताउनुभयो । भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाउने भन्दै नेपाली किशोरी तथा युवती बेचिएका खड्काको भनाइ छ । सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपाल भारत सीमानाबाट २२४ सय ८५ जनाको उद्धार गरेको खड्काले बताउनुभयो ।
बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको माइति नेपालले जनाएको छ ।
Discussion about this post