
काठमाडौ पुस १६ गते । प्रतिनिधिसभाको बैठक बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि सूचना टाँस गरि स्थगत गरिएको छ ।
संघीय संसद सचिवालय मंगलबार अपरान्ह सूचना टाँस गरि बुधबार दिउसो १ बजेका लागि निर्धारित बैठक स्थगन भएको जनाएको हो । सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूवनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।
सभामुखको टुंगो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल मंगलबार बिहानैदेखि छलफलमा जुट्नुभएको थियो । दुईअध्यक्षबीचको छलफलले सभामुख चयनको टुंगो लगाउन नसकेपछि संसद बैठक नै धकेलिएको हो । सभामुखमा नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीले पाउने भन्नेमा तीव्र विवाद छ ।
Discussion about this post