
बर्दिया पुस १६ गते । बर्दियामा ट्रक दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाको आम्बासाबाट ६ किलोमिटर पश्चिममा भएको ट्रक दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
लु २ ख १०६८ नम्बरको ट्रक दुुर्घटनामा परेको थियो ।
शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।
Discussion about this post