
काठमाण्डाै पुस १७ गते । स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार याम प्रधानको बिहीबार निधन भएको छ । लामो समयदेखि दुवै मिर्गाैला फेल भएर उपचार गराउँदै आउनु भएका प्रधानको आफ्नै निवासमा बिहान निधन भएको हो ।
उहाँ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानीसमेत हुनुहुन्थ्याे । पञ्चायती व्यवस्थाविरुद्ध भएको आन्दोलनदेखि नै पत्रकारितामा होमिनुभएका प्रधान सुनसरीका धेरैजसो पत्रकारका गुरुसमेत हुनुहुन्थ्यो ।
प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताउनुभयो ।
पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लो समय दुवै मिर्गौलामा समस्या भएको थियो । मिर्गौलामा समस्या भएपछि नियमित डाएलसिस गराउँदै आउनुभएका प्रधानकाे बिहीबार बिहान निधन भएकाे हाे । उहाँको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उहाँको बिहीबार नै इटहरीमा रहेकाे बुढीगंगा मुक्तिघाटमा अन्तेष्टि गरिएको छ । उहाँप्रति अन्तिम श्रदान्जली दिन नेपाली कांग्रेसका नेता महेश आचार्य, प्रदेश नम्बर १ का उप सभामुख सरस्वती पोख्रेल, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता राजिव कोइराला लगायत पुग्नुभएको थियो । प्रधानका एक छोरी र श्रीमती हुनुहुन्छ । उज्यालो बाट साभार
Discussion about this post