काठमाण्डौ पुस १७ गते । ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ ।
राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकाेप्टर दुर्घटना भएकाे हाे । हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वाेत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो ।
अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो–चीले सञ्चारमाध्यमलाई जनाए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post