खोजखबर संवाददाता
बाँके,असार २४ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा – १ ले विषादी रहित तरकारी सेवनका लागि हरेकले करेसा बारी खेती गर्नुपर्ने कार्यक्रम ल्याएको छ । चालु आर्थिकबर्षमा करेसाबारी खेतीका लागि किसानलाई तरकारीको बिउ लगायतमा सहयोग गरिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए ।
मङ्गलबार स्थानीय नेपालगञ्जमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष रिजालले अहिलेको अवस्थामा अर्गानिक तरकारी खेतीका लागि उक घर एक करेसा बारीको नीति झनै प्रभावकारी हुने देखिएका कारण आगामी आवमा पनि निरन्तरता दिइएको बताए । सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष रिजालले वडाबाट चालु आवमा भएका र आगामी आवमा संचालन हुने विभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएका थिए । वडा सदस्य डम्बर थापाले बागेश्वरी असल शासन क्लबको सहकार्यमा कार्यक्रम गरिएको बताए छन । कार्यक्रममा सहभागी वडाबासीले विभिन्न विकास निर्माण लगायतका विषयमा राखेको जिज्ञासा वडा अध्यक्ष रिजाल लगायतले सम्बोधन गरेका थिए ।
Discussion about this post