
काठमाडौ पुस १७ गते । सरकारले सूचना प्रविधि विधेयकका विषयमा नकारात्मक हल्ला बढी चलेको बताएको छ ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले कानुनमा भएका राम्रा कुराहरु लुकाएर भ्रम र नकारात्मक हल्ला बढी चलेको बताउनु भएको छ ।
बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले कसैलाई जिस्काएमा, होच्याएमा, मान मर्दन गरेमा दण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा सजाय हुने स्पष्ट पार्नु भयको छ ।
उहाँले भन्नुभयो, “जिस्काएको, होच्याएको, मान मर्दन गरेको कुरामा सरकारले सबलाई तह लगाउन यो विधेयक ल्याएर आयो भनेको सोच राखेमा यो कुरा यस्तो होइन, ओपन सोसाइटीको जे मान्यता छ, त्यो चलोस । तर त्यहाँ एउटा कुरा लुकाइएको छ । ‘तरपनि, वा’ भन्ने हुन्छ नी कानुनमा त्यो चिज लुकाएर आफुलाई के चाहिएको छ, त्यो हप्काउने तर्साउने जिस्काउनेको अगाडी एउटा शब्द छ । ‘निरन्तर’ भन्ने शब्द खुसुक्क खल्तिमा हालेर सरकार विरुद्ध नागरिकलाई उचाल्न सकिन्छ कि भन्ने एउटा फुस्रो प्रयास सुरु भएको छ । त्यो ‘निरन्तर’ भन्ने शब्द छ ।
पटक पटक भन्ने पनि होला । जुन कुरा नियत र उद्देश्यसँग जोडिन्छ । स्वस्थ र मर्यादासँग लेख्नका लागि कसैलाई पनि हामीले त्यो कुरा गरेका छैनौँ “।
बास्कोटाले समितिमा भएको छलफलमा प्रतिपक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको उल्लेख गर्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अनुरोध समेत गर्नुभएको छ । ‘सरकारले पेश गरेको विधेयक उपसमितिले थप समृद्ध बनाएको, प्रतिपक्षी दलका ८ सुझाव समेटिएको, ३६ संशोधन गरिएको कुरा नहेर्ने । अनि गर्ने के भने आफुलाई जे लाग्या छ आफै भ्रम सिर्जना गर्ने ?’, बास्कोटाले प्रश्न गर्नुभयो ।
Discussion about this post