
बाँके पुस १८ गते । शुक्रबार बिहान परेको चट्याङका कारण बाँकेमा पाँचजना घाइते भएका छन् भने चट्याङ लागेर एक चौपायको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिव ४:४५ बजेतिर नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित एकै परिवारका पाँच जना घाइते भएका हुन ।
चट्याङ लागेर ५५ वर्षिया श्यामकला खटिक, ४५ वर्षिय, राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक, र ४ बर्षिय सुबी खटिक घाइते भएको र उनीहरु सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर गुरुदिनको घरमा पालेरको बंगुर मरेको प्रहरीले जनाएको छ ।




Discussion about this post