
सिरहा पुस १८ गते । सिरहाको लहानबाट सडक डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर विनोद साहलाई तीन लाख घुस रकमसहित पक्राउ गरेको हो ।
सोही कार्यलयका इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९४ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सप्तरीको रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।
Discussion about this post