
बाँके पुस १८ गते । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद मातहतमा रहने संघीय युवा क्लव सञ्जालले पुर्णता पाएको छ ।
संघीय युवा सञ्जालको केन्द्रिय कार्यसमिति संगै प्रदेश न.५ को ईन्चार्जमा नेपालगञ्जका साहिल अन्सारी लाई चयन गरिएको छ।
बिहिवार राष्ट्रिय युवा परिषदमा भएको केन्द्रिय कार्यसमितिको बैठकबाट अन्सारीलाई प्रदेश ईन्चार्जको जिम्मा लगाईएको छ।
बालअधिकार संगै युवाहरुको क्षेत्रमा फरक पहिचान बोकेका अन्सारी सो क्षेत्रमा निकै कृयाशिल रहेका छन।
प्रदेश इन्चार्ज भैसकेपछी युवाहरुको क्षेत्रमा स्थानीय र प्रदेश सरकार तथा सरोकारवाला निकाय सङ थप सहकार्य र समन्वय गरि काम गर्ने अन्सारीले बताए ।
अन्सारी संघीय युवा संसद २०७६ का सदस्य समेत हुन। र देशैभर ९१ वटा पालिकामा पालिका स्तरीय युवा सञ्जाल , १२२३ वटा वडाक्लब, र ७ प्रदेश युवाक्लब सञ्जाल र गठन भैसकेको थियो।
ति सबै युवा क्लब सञ्जालको करिब १०० जना युवा प्रतिनिधिको भेला बाट केन्द्रिय कमिटी ले पुर्णता पाएको हो। त्यस्तै चालु आव २०७६-७७ मा थप ६० वटा पालिकामा नयाँ वडाक्लब गठन तथा गाउँ – नगर युवाक्लब सञ्जाल गठन गर्ने प्रक्रिया शुरु गरिएको राष्ट्रिय युवा परिषदका उप-सचीव तथा सूचना अधिकारी ध्रुव राज पौडेल ले जानकारी दिए । हाल सम्म गठित युवा क्लब सञ्जालको प्रतिनिधि हरुको भेलाबाट केन्द्रियकमिटी ले पुर्णता पाएको हो।
Discussion about this post