
बाँके पुस १९ गते । बाँकेको खजुरामा ठुली दिदीहरुलाई लिङ्गका आधारमा गरिने हिंसा र आत्मरक्षा सम्वन्धी तालिम दिइएको छ ।
अपाङ्ग सशक्तिकरण एंव सञ्चार केन्द्र डेक नेपालको आयोजनामा किशोरी सशक्तिकरणका लागि शिक्षा परियोजना अन्तर्गत उनीहरुलाई तालिम दिइएको डेकका कार्यक्रम प्रबन्धक जिवन गिरीले जानकारी दिनुभयो । उहाँका अनुुसार किशोरीहरुलाई हिंसा विरुद्ध सशक्त बनाउन तालिम दिइएको हो ।
खजुरा गाउँपालिकाका ८ वटै वडामा डेकले किशोरी सशक्तिकरणका सवालमा विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यालय छाडेका किशोरीहरुलाई पुनः विद्यालय फर्काउन समेत ठूली दिदीहरुले पहल गर्ने गरेका छन् ।
१० बर्षदेखि १९ बर्ष उमेर समूहका बालिका र किशोरी लक्षित सो तालिम विभिन्न तीन चरणमा ६ दिनसम्म चलेको डेकका कार्यक्रम प्रबन्धक गिरीले बताउनुभयो ।
९० जना सहभागी तालिमको प्रबन्धक गिरीसँगै सामाजिक परिचालकहरु सत्यनारायण चौधरी, लालसरी थापा, जानकी खड्का र रिना पुनले सहजिकरण गर्नुभएको थियो ।
Discussion about this post