
बाँके पुस १९ गते । भेरी सहकारी वित्तीय संस्था लिमिटेड नेपालगन्जले आफनो २४ औं बार्षिक उत्सव शनिवार नेपालगन्जमा मनाएको छ ।
सहकारीका अध्यक्ष बसन्त लामिछानेको सभापतित्व एंव नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको प्रमुख आथित्यतामा भएको साधारणसभामा बोल्ने सहभागी वक्ताहरुले समाज रुपान्तरणमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका बताए । कार्यक्रममा बोल्दै उपमेयर थापाले सहकारीले अव विपन्न समुदायको आर्थिक अवस्था माथि उकास्ने खालका कार्यक्रममा लगानी बढाउन जरुरी रहेको बताउनुभयो । नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाईले बचतकर्ताको लगानी सुरक्षामा ध्यान दिन सहकारीलाई सुझाव दिनुभयो । सहकारीमा ३ हजार ६ सय ७३ शेयर सदस्य छन् ।
Discussion about this post