डडेल्धुरा पुस १९ गते । भारी हिमपातका कारण विहिवार राती देखी अवरुद्ध भएको डडेल्धुराको भिमदत्त राजमार्ग सूचारु नहुदा सर्वसाधारण मर्कामा परेका छन् ।
सडक पूर्ण रुपमा सुचारु सयौ यातायातका सवारी साधनका हजारौ यात्रुहरु विच वाटोमै अपलत्र परेका छन् । भिमदत्त राजमार्ग सडक खण्डको डोटीको गैरा देखी डडेल्धुराको २६ मोड सम्मकोृ हिउलाई हटाउँनमा समस्या भएको डडेल्धुराका प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि एक तर्फी रुपमा यातायात संचालनका लागि सडकवाट हिउ हटाइएको भएपनि जमेको हिउँका कारण सडक चिप्लो हुँदा यातायात संचानलनका लागि समस्या भईरहेको छ ।सडकमा जमेको हिउ हटाउँनका लागि नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी सहित चार वटा डोजर परिचालन गरिएको छ । सुदुरपश्चिम प्रदेशका सातवटै पहाडि जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग अवरुद्ध हुँदा सुदुरपश्चिमको पहाडि जिल्लाको यातायातनै प्रभावित भएको छ ।
Discussion about this post