नेपालगन्ज २१ पुष ।
अम्विकेस्वरी माल्टी यातायात प्रालि नेपालगन्ज कारकांदोले अग्नीपीडित राजकुमार चौधरीलाई आर्थिक सयहोग गरेको छ ।
प्रालिका अध्यक्ष भद्रबहादुर वलीको पहलमा यातायात व्यवसायीहरुले सोमबार २ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन । करिव एक साताअघि चौधरीको होटेलमा आगलागी हुँदा फर्निचर, लत्ताकपडा, टेलीभिजन लगायतका बन्दोबस्तीका समाग्री जलेर नष्ट भएको थियो । बिद्युत सट भएर आगलागी भएको शंका प्रहरीको छ । आगलागीपछि उनको होटेल बन्द भएको थियो । सहयोगी मनको सहयोगले उनले फेरि होटेल सन्चालन गरेका छन् । थारु गीतमा मोडलिङ गर्दै आएका चौधरी लामो समयदेखि होटेल सन्चालन गर्दै आएका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post