
बुटवल पुस २१ गते । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराए ।
गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ ।
Discussion about this post