धुलिखेल पुस २२ गते । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को २०१९ को समिक्षा कार्यक्रममा थर्ड एलायन्स को उत्कृष्ट कर्मचारी को रुपमा थर्ड एलायन्स उप प्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खानलाई सम्मान गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा सक्रियता पुर्वक काम गरेको भन्दै २०१९ को उत्कृष्ट कर्मचारीको रुपमा खानलाई थर्ड एलायन्स का कार्यकारी निदेशक मोहन कर्णले सम्मान गर्नु भएको थियो ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको समिक्षा बैठकमा देशको मानव अधिकार को अबस्था का बिषयमा केन्द्रित भएर छलफल भएको थियो । कार्यक्रमा विभिन्न प्रदेशमा काम गरिरहेका मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । खान बिगत ८ बर्ष देखि मानव अधिकार को क्षेत्रमा रहेर काम गर्दै आउनु भएको छ ।
Discussion about this post