जनकपुरधाम, पुस २२ गते ।
जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा मेयरका गुण्डाहरुले सञ्चारकर्मीहरुमाथि कुटपिट गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुुर,एबिसी टेलिभिजनका सुमित मिश्र,सुभाष कर्ण सहित एक दर्जन पत्रकारहरुमाथि कुटपिट गरिएको हो ।
कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरलाई गम्भीर चोट लागेको छ ।
मेयर र उनका सहयोगीहरुले पत्रकारहरुमाथि हेलमेटले समेत आक्रमण गरेका छन् ।
पत्रकारहरु मेयरको बाईट लिन उनको कार्यकक्षमा गएको बेला जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीहरुले अचानक सञ्चारकर्मीहरुमाथि आक्रमण गरेका छन् ।
उनीहरुले सञ्चारकर्मीहरुको क्यामरा,मोवाईल लगायतका सञ्चारसामग्रीहरु समेत खोसेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post