बाँके पुस २२ गते ।
बाँकेको नेपालगन्ज स्थित धम्बोझीका केही किराना पसलमा मंगलवार सयुक्त अनुगमन गरिएको छ ।
चार्डपर्वमा मात्र गरिने अनुगमन पछिल्लो समय निरन्तरता दिईएको छ । नेपालगन्जका किराना पसल, ग्यास उद्योग, पानी उद्योग, मासु पसल लगायत विभिन्न पसलमा अनुगमन गरिएको छ ।
मंगलवार धम्बोझीमा गरिएको अनुगमनमा अंशु जनरल स्टोर र फरिज किराना बेकर स्टोरमा अनुगमन गर्दा म्याद नाघेका खाद्य पदार्थ तथा सामानहरु भेटिएको थियो । म्याद नाघेका तथा बेकरी बनाउने कच्चा पदार्थ समेत उत्पादन मिति सकिएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
पसलमा विस्कुट, क्रिम, फेसवास, तेल बेकरी बनाउने कच्चापदार्थ लगायतमा उत्पादन मिति, मिसावट रहित र भेटिएको अनुगमन टोलीले जनाएको छ । नसुध्रीए उत्पादन र विक्रि वितरणमा रोक लगाउने अनुगमन टोलीले निर्देशन समेत दिएको जनाएको छ ।
अनुगमन टोलीमा बाणिज्य कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, नेपाल पत्रकार महासंघ बाँके लगायतका कार्यालयको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । म्याद नाघेका सामान जिल्ला प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । नेपालगन्जको मुटु धम्बोझी चोकमा पनि अखाद्य बस्तु विक्रि वितरण हुनु गभ्भीर रहेको अनुगमन टोलीको भनाई छ ।
यस्तै सोमवार नेपालगन्जको दुई वटा ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा ग्यास लिक भएको भेटिएको छ ।
Discussion about this post