काठमाडौं पुस २३ गते। राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आज (बुधबार) चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन लगिएको हो ।
नेपालको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।
त्यसमा १ हजार रुपैयाँ धरौटी तिरेर छुटेका उनीहरुलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो । ती सबै १ सय २२ जनालाई आफ्नो देश लैजान चीनले नै दुईवटा विमान पठाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post