काठमाडौ पुस २३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमा आफु निकट जिल्ला सभापतिहरुले समर्थन जनाएको बताउनुभएको छ ।
बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफु उत्साहित भएको बताउनुभएको हो । उहाँले पुष ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न जिल्ला सभापतिहरुले समर्थन जनाएको बताउनुभयो । केन्द्रीय कार्यसमितिको नाउँमा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेसनलाई अनिश्चित बनाएको बताउनुभयो ।
त्यस्तै नेता कृष्ण सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरु माथि एक भएर लडनुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको बताउनुभयो । उहाँले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने लगायत विभागहरुको संख्या बढाई ४७ पुर्याउने निर्णय गरेको थियो । त्यस यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलौटी निर्णय भएको भन्दै आफु निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post