काठमाडौ पुस २३ गते । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । पुस १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् । पुष १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भएपनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताउनुभयो ।
बुधबार बैंक तथा वित्तीय संस्थाहरुमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ । त्यस्तै बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी) रेसियो ७८ प्रतिशत रहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post