कपिलवस्तु पुस २४ गते ।
नेपाल भारत सीमाको बजार मर्यादपुरबाट यशोधरा गाउँपालिका –८, मटेरियाका ४० वर्षीय मुवारक खानलाई भारतीय पक्षले बुधवार रात्री ९ बजे भारतको सिद्धार्थनगर बस्ती जिल्ला पयकोलिया थानाबाट रिहा गरेका छन । राती उनि अबेर १ बजे सिद्धार्थनगर खुनुवा आई पुग्दा भारतिय बोर्डर बन्द भएकाले नेपाल कपिलबस्तु जिल्ला मर्यादपुरका प्रहरी चौकीका इन्र्चाज हिम नाथ घिमिरेको सहयोगमा भारतिय बोर्डर खोलाई नेपाल प्रबेश गराएका थिए । उनलाई अज्ञात समुहले १९ गते शनिबार दिउँसो यशोधरा गाउपालिका–७,मर्यादपुर चोकबाट,अपहरण गरेको थियो मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समुहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुदैं भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post