खोजखबर संवाददाता
बाँके असार २५ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा – १८ ले बुधबार कार्यालयबाट प्रदान गरिने सेवा र सुविधाको प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाई गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष दीपक वर्माले कार्यालयबाट भएगरेका कामहरु सार्वजनिक बताएका थिए । वडा अध्यक्ष वर्माले सुर्खेतरोडको कारकादौंदेखि राझा चोकसम्मको नाली फराकिलो बनाउने प्रस्ताव आफुले उपमहानगरपालिकामा गरेको बताए । नाली साँघुरा हुँदा डुबान समस्या देखिएको वडा अध्यक्ष बर्माले बताए । सो अवसरमा स्थानीय बासिन्दाले डुबान समस्या समाधानको लागि माग गरेका थिए ।
Discussion about this post