
बाँके पुस २५ गते । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको वडा नम्बर २२ ले निशुल्क रगत उपलब्ध गराउनका लागि रेडक्रस संग सम्झौता गरेको छ।
दुबै तर्फको सम्झौता अनुुुसार उपमहानगरपालिका वडा नम्बर २२ भित्र रहेका गरिब,विपन्न र जेष्ठ नागरिकहरुलाई रेडक्रसले नि:शुल्क रक्त उपलब्ध गराउने उल्लेख भएको छ । वडा नम्बर २२ ले र नेपाल रेडक्रस सोसाइटी बिच पत्रमा हस्ताक्षर गरिएको छ ।

Discussion about this post