
वीरगञ्ज पुस २५ गते । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा एक बेवारिसे शव फेला परेको छ । नयाँ बसपार्क नजिकै नेशनल मेडिकल कलेज जाने सडक छेउमा पुरिएको अवस्थामा बेवारिसे शव आज फेला परेको हो ।
निर्माणाधिन घरको नजिकै करिब ८ फिट गहिरो स्थानमा शव पुरिएको अवस्थामा भेटिएको र एक्स्काभेटरको सहयोगमा शव बाहिरर निकालिएको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
अन्दाजी २९ /३० बर्षको पुरुषको शवको सनाखत भने हुन नसकेको उहाँले बताउनुभयो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

Discussion about this post