विष्णु अधिकारी
बर्दिया,पुस २५ गते । सदरमुकाम गुलरिया नगरपालिकाको वडा नं. ३ कट्टी गाउँमा शस्त्रले आफ्नो पोष्ट बढाएको छ । नेपाल—भारत सीमामा जोडिएको गाँउको सुरक्षालाई मध्यनजर राख्दै सशस्त्र प्रशरी बल नेपाल बोर्डर आउट पोष्टको शुक्रवार विधिवत रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारको केन्द्रिय नितिअनुरुप बर्दियामा सशस्त्र पोष्ट विस्तारगरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले वताए ।
बर्दियामा हालसम्म ५वटा सशस्त्र पोष्टको स्थपना भईसकेको महानिरीक्षक पौडेलले उद्घाटन कार्यक्रममा जानकारी गराएका छन् । बर्दियामा थप अझै तीनवटा पोष्टको स्थापना हुने जानकारी गराउदै यसका लागि आवश्यक काम कारवाही अगाडी बढाउन बर्दियाका सशस्त्र प्रहरी प्रमुखले बर्दिया प्रहरी उपरीक्षक यादव बिश्वकर्मालाई निर्देशन समेत दिएका छन् । कट्टी गाँउमा पोष्ट स्थापना भएसंगै स्थानीय सुरक्षित भएको गुलरिया नगरपालिकाका नगर—प्रमुख मुक्तिनाथ यादवले उद्घाटन कार्यक्रममा वताएका छन् । भारतको सीमासंगै जंगलको किनारमा रहेको वस्तीमा पोष्ट स्थापनाले नगरबासीको जिउधनको शुरुक्षा भएको नगरप्रमुख यादवले वताएका छन् । उनले पोष्टका भौतिक संरचनाका स्तर उन्नतीका लागि आफुले नगरपालिकाका तर्फबाट सक्दो सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमनारायण लामिछानेले अपराध नियन्त्रण, शान्ती सुरक्षा,विपत व्यवस्थापन, सीमा सुरक्षा लगाएतका विषयमा सशस्त्र प्रहरीले अहंभुमीका खेल्दै आएको अवस्थामा बर्दियामा थप सशस्त्र पोष्ट स्थापना गर्न प्रशासनको तर्फ पूर्वाधार निर्माण गर्दैै पहल गरिन बताएका छन् । लामिछानेले प्रदेश नम्बर ५ मध्य सवैभन्दा लामो सीमा भारतसंग जोडिएको बर्दिया जिल्लामा सीमा पोष्ट स्थापना हुनु बर्दियावासिको लागि खुशीको कुरा भएकाले नागरिकले पनि प्रहरी सँग हातेमालो गरि अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
Discussion about this post