खोजखबर संवाददाता
बाँके असार २६ गते । आफ्नो बच्चालाई विद्यालय पुर्याउन प्लास्टिकको ब्यागमा राखेर नदी पार गर्दै गरेको एक व्यक्तिको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।
भनिन्छ सुख दुख आपसका साथी हुन । तर कुनै दुख र संघर्ष भने सोच्चदै कहाली लाग्दो रहेको हुन्छ । जुन हामीले कल्पना गर्न समेत सक्दैनौँ । कतिपय ठाउँ यस्तो रहेको छ जहाँ इच्छा चाहना हुँदा हुँदै पनि व्यक्तिले असुविधाको कारण आफ्नो इच्छा आकांक्षालाई मनमै बन्दक बनाएर राख्नु पर्ने हुन्छ ।
तर उक्त तस्वीरमा भने आफ्नो सन्तानलाई शिक्षा दिलाउनको लागि एक बाबूले कति संघर्ष गरेका छन् भन्ने कुरा सहजै अनुमान लाउन सकिन्छ ।
ती बाबूले आफ्नो बच्चालाई विद्यालयको पोशाक लगाएर प्लास्टिकको बन्द ब्यागमा प्याक गरेर नदी पार गर्दै गरेको तस्वीरमा देख्न सकिन्छ ।
Discussion about this post