सुनसरी पुस २५ गते ।
हरिनगर गाउँपालिका वडा नम्बर दुई भुटाहा स्थित बालकृष्णा मा. वि. लाई नेपाल डेभलपमेन्ट सोसाइटी द्वारा पाँच कोठे भवन हस्तान्तरण गरिएको छ ।
आज पौष २५ गते हस्तान्तरण कार्यक्रमको संघीय प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा गाउँपालिका प्रमुख गफ्फार अंसारी , उप प्रमुख लगायत स्थानीय पदाधिकारीहरूको उपस्थितिमा सोसाइटीले विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको छ ।
प्रमुख अतिथि रहेका पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले राष्ट्रमा अंतर्राष्ट्रीय स्तरका योग्यका विद्यार्थी उत्पादन गर्न अहिले राष्ट्रिय आवश्यक्ता रहेको जिकिर गरे ।
साथै हरेक जात धर्म संस्कृति मूल्यमान्यता लाई प्रवर्धन गर्दै शैक्षिक प्रगतिशील समाजको निर्माण गर्न आवश्यक रहेको बताए।
नेपाल डेभलपमेन्ट सोसाईटीले हस्तान्तरण गरेको विद्यालय भवनमा कक्षा संचालन गर्नको लागि आवश्यक पर्ने ५० 50 बेन्च , लेख्नको लागि ५ थान बोर्ड, १० थान पंखा, २ वटा शौचालय सहित आवश्यक सामग्री प्रदान गरिएको एन डी एस का अध्यक्ष नजरुल हसन ले बताउनु भयो।
Discussion about this post