मुगु पुस २९ गते । गाउ सभाको निर्णय बिना नै लाखौ रकम हिनामिना गरीएको छ । मुगु जिल्ला सोरु गाउपालिका को गत असार १० गते सञ्चालन भएको चौथो गाउ सभाबाट निर्णय नै नभएका शिर्षकहरुमा ५० लाख छयासी हजार रकम हिनामिना भएको सोरु गाउपालिकाकी उपाध्यक्ष राज्य लक्ष्मि मल्ल बमले बताउनु भयो ।
उपाध्यक्ष का अनुसार गाउ सभामा उपस्थित सबै पदाधीकारीहरुले उपस्थितिमा मात्रै हस्ताक्षर गरेको र अन्य योजनाहरु छनौट नभएको बताउनुभयो ।

उपाध्यक्षका अनुसार सोरु गाउपालिका स्तरिय रंगशाला डिजाईनमा १० लाख, दोमुख गुरु योजना ४ लाख ६८ हजार, सुवा पानी भिई सडक सर्भेमा १० लाख, सोरुकोट लिब्रु सडक खण्ड सर्भेमा १० लाख, मुगु कर्णाली ढुंगा बालुवा उत्खननमा १० लाख र तातो पानी पुर्वाधार गुरुयोजनामा १ लाख ५० हजार गरी ५० लाख ८६ हजार रकम सोरु गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय र लेखापाल खगेन्द्र बुढा मगरले निकासा गरी रकम लिएको सोरु गाउपालिका उपाध्यक्ष राज्यलक्ष्मि मल्ल बमले बताउनुभयो ।
उक्त रकम कहाँ किन र के कामका लागि लिएको भन्ने विषयमा रकम निकासा भै सकेपछि मात्रै आफुलाई जानकारी भएको बताउनुभयो ।
उपाध्यक्षका अनुसार कन्सलटेन्सिका नाममा रकम निकासा भएको तर गाउपालिकामा कुनै पनि कन्सलटेन्सिका मान्छेहरु नगएको र कुनै पनि काम नभएको बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले भने गाउ सभाबाट निर्णय भएका तर काम सबै भैसकेपछि मात्रै रकम निकासा भएको बताउनुभयो ।
Discussion about this post