खड्क सुनार मुगु पुस २९ गते ।
११ दिनदेखि देखि मुगु जिल्लामा वितरित नेपाल टेलिकमका सबै नेटवर्कहरुले काम गर्न छोडेपछि मुगालीका स्थानीय बासी संचार विहिन बनेका छन् । अघिल्लोे विहिबार बेलुका देखि शुत्रबार दिउसोसम्म हिमपात भएपछि नेपाल टेलिकमको जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्गमा समस्या आएता पनि पछिल्लो नेपाल टेलिकम मुगु शाखाको जानकारी अुसार उक्त टावरबाट कुनै पनि समस्या नआएको र दैलेख जिल्लाको महावु लेखमा भारी हिमपात भई त्यहा सम्म पुग्न गाह्रो भएका कारण अहिले सम्म कुनै पनि सञ्चारको चहल पहल नभएको टेलिकम मुगु शाखाले जनाएको छ ।
मुगु जिल्लामा संचालित जिएसएम, एसटिडि नेटवर्कले काम गर्न छोडेका छन भने एडिएसएल ईन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । ११ दिन बिति सक्दा पनि ईन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैर सरकारी संघ सस्था,वित्तिय कारोवार गर्ने सहकारी तथा बैकहरु र स्थानिय तहहरुको सेवा प्रवाहमा समस्या भएको मालिका सामुदायिक विकास केन्द्रका लेखापाल अजय कुमार मल्लले जानकारी दिए ।
मौषममा खरावी आईरहने भै रहेकाले अझै नेटवर्कको समस्या कति लम्विने हो अनिश्चित रहेको छ । ईन्टरनेट नहुदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी,सिम विक्रि,लगायतका काम गर्न समेत गा्रहो भएको नेपाल टेलिकम मुग शाखाकका निमित्त प्रमुख गणेश डिसीले बताउनुभयो ।
Discussion about this post