बाँके माघ १ गते । बाँकेको कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का मृत अवस्था भेटिएका छन । खड्काको शव छिमेकी देश भारतको बहराइचस्थित शंकर होटलमा आज फेला परेको बाँके प्रहरीले जनाएको छ । वडाअध्यक्ष खड्काको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले बताउनुभयो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउन नेकपा बाँकेका सचिव अशोक कोईरालाको नेतृत्वमा परिवारसहितको टोली त्यसतर्फ गएका छन् । खड्का तत्कालिन एमालेबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्थ्यो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post