बाँके माघ ३ गते । खजुरा गाउँपालिका शिक्षा समिती, बाँकेको मुल आयोजनामा दोस्रो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकुद २०७६ अन्तर्गत अाज चेस प्रतियाेगिताका ४ वटै इभेन्टहरु सम्पन्न भएकाे छ ।
महिला २२ र पुरुष ३३ गरी कुल ५५ खेलाडीहरु सहभागिता रहेको थियो ।
प्रतियाेगितामा नि.मा.वि. तह छात्रा सिटिजन नमूना बार्डिङ स्कुलकी शुसिला बुढाथाेकी ५ अंकका साथ प्रथम भएकी हुन, ध्रुबतारा बाेर्डिङकी राेशनी शर्मा ३.५ अंकका साथ दाेश्राे र बाँके गाेल्डेन फ्युचरकीबिना कुमारी सुनार तेश्राे भएकी हुन ।
प्रतिकुल माैसमका वावजुद आज त्यसै गरि नि.मा.वि.को छात्र तर्फ गाेल्डेन ग्यालेक्सीका सुदिप राढ ५ अंक सहित प्रथम, अायाेजक विद्यालय अमर मा.वि. का पवन सुनार ४ अंकका साथ दाेश्राे र मनकामना मा.वि. मनकामनापुरका साहेअालम खाँ ४ अंकका साथ तृतीय भएका छन।
मा.वि. छात्रा तर्फ गुराँस चाइल्डहुड एकेडेमीकी शशी याेगी ४.५ अंक जाेड्दै प्रथम भएकी छन भने अायाेजक अमर मा.वि. को रक्षा घर्ती मगर ४ अंकका साथ दाेश्राे र याेगिनी मा.वि. कि सुस्मीता उपाध्याय ३ अंकका साथ तृतीय भएकी हुन ।
त्यसै गरि अरुणाेदय मा.वि. का उत्सव बस्नेत ४ अंकका साथ प्रथम, साविक च्याम्पीएन भानु मा.वि. उढरापुरका युवराज यादवले ४ अंकका साथ दाेश्राे स्थानमा चित्त बुझाउनु परेकाे छ भने अादर्श मा.वि. डि गाउँका विश्वास तिवारी ४ अंकका साथ तृतीय भएका छन ।
माथी उल्लेखित सबै उत्कृट खेलाडीहरु अायाेजकका तर्फबाट प्रमाण पत्र र गाेल्ड, सिल्भर तथा ब्रन्ज मेडल सहित सम्मानित गरिने सो खेलकुद प्रतियोगिताको संयोजक दिनेश राज शर्मा ले जानकारी दिनुभयो ।
Discussion about this post