धनगढी माघ ४ गते । धनगढीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्तालाई श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले गुप्ताकी श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बताए। उनका अनुसार जाहेरीपछि फरार रहेका गुप्तालाई बीहिबार धनगढीबाटै पक्राउ गरिएको हो।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post