सुर्खेत माघ ६ गते । पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका बडा न ५ र ६ लाई जोड्ने सडक शिलान्यास गरिएको छ । मालारानी वर्दी देखि मेहेलकुना थक्लेनी जोड्ने सडकको आज प्रदेश सांसद ठम्मरबहादुर बिष्टले शिलान्यास गरेका हुन ।
हालसम्म सडक संजालसङ्ग नजोडिएको उक्त बिकट बस्तिका लागि २ करोड बजेट बिनियोजन गरिएको सासंद बिष्टले बताए । हालसम्म यस वडाका नागरिक पैदल हिड्न बाध्य थिए । उक्त सडक निर्माण भएसङ्गै नागरिकहरुलाइ सहजता हुनेछ ।यसै आवमा उक्त सडक निर्मान गरिसक्ने बताए । यसैबिछ सडक शिलान्यास गर्दै सान्सद बिष्टले आफुले निर्वाचनका बेला जनतासङ्ग गरेको बाचा पूरा गरेको बताए । तिब्र अनुगमन र सरोकार समिती गठन गरेर सडक निर्माणलाई तिब्रता दिने बताए । हाल सम्म पनि सडक नपुगेको उक्त ठाउमा सडक निर्माण पश्चात् त्यहाँ का स्थानिय उत्पादनले पनि बजार पाउने बताए ।
Discussion about this post