नवलपुर माघ ७ गते ।
हुप्सेकोट गाउपालिकाको सवारीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । हुप्सेकोट गाउपालिका ४ नयाँ बजा रमा गाउपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा गाउपालिकाको गाडिले ठक्कर दिदा ५ बर्षिय दिप गाहाँ नाम गरेका बालकको मृत्यु भएको हो । ग १ झ ३८९ नम्बरको गाउपालिकाको गाडिले कार्यालयबाट एक सय मिटरको दुरीमा घरमा नै खेलिरहेका बालकलाई ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको हो ।
बाटोमा रोकिराखेको हुप्सेकोट गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष चढ्ने मोटरसाईकलमा गाउपालिकाको गाडिले ठक्कर दिए पश्चात गाडि अनियन्त्रित भएर घरमा ठक्कर दिन पुगेको थियो । गाउपालिकाको गाडिले मृतक बालक सहित उनकि आमा र एक युवालाई ठक्कर दिएको स्थानियले बताएका छन् । मृतक बालक सहित घाईते महिला र युवालाई अस्पताल लगिएको छ भने चालक फरार रहेको बताईएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post