पोखरा माघ ९ गते । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ(दीपक मनाङे) पक्राउ परेका छन् । मनाङेलाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।
राष्ट्रियसभाको निर्वाचनमा मतदान गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले जानकारी दिए।पोखराको भण्डारढिक रंगशालामा मनाङेले मंगलबार गुरुङलाई मुक्का प्रहार गरेका थिए ।
मनाङे विरुद्धकास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङले आफूमाथिकुटपिट तथा दुर्व्यवहार भएको भन्दैकास्की प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले उक्त जाहेरीको आधारमा मनाङेलाई पक्राउ गरेको हो। कान्तिपुर दैनिक बाट साभार
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post