खड्क सुनार
मुगु माघ १० गते ।
हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु यति बेला कर्मचारी विहिन छन ।
बिभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यलय कर्मचारी विहिन बनेका हुन ।
जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुदाँ सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन ।
सुरक्षा गोष्ठिको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो ।
प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुदा नागरिकता ,राहदानि, नाबालक परिचय प्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यलय पुग्ने सेव,विभिन्न सिफारिसहरु लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने नागरिकहरु निराश भएर घर फर्किने गरेका छन । नागरिताका लागी बुधबार जिल्ला प्रशासन कार्यलय पुगेका नाम नबताउने एक सरकारी कर्मचारीले नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय गएको भएपनी प्रमुख जिल्ला अधिकारी नभएको र काम नहुने भने पछी निराश भएर फकिएको बताए ।
जिल्ला प्रशासन कार्यलय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिना देखि जिल्ला बाहिर छन । प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि सुरक्षा गोष्ठिको कामले जिल्ला छोडे पछी जिल्ला प्रशासन कार्यालय मुगु प्रमुख विहिन बनेको छ ।
प्रत्रकारको टोली विहिबार २ बजे जिल्ला प्रशासन कार्यालय पुग्दा कार्यालय बन्द अबस्थामा रहेको र कर्मचारी घाम तापेर बसेका भेटिएका थिए ।
अत्तियारी प्राप्त कर्मचारी नुहदाँ सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नर बहादुर बुढाले बताए ।
जिल्ला प्रशासन कार्यालय मात्र हैन अन्य सघिय तथा प्रादेशिक कार्यालयका प्रमुख नहुदा ति कार्यालयहरु पनि प्रमुख बिहिन भएका छन । सघिय माताहतका कार्यालय जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यलय,नापी कार्यालय,शिक्षा विकास तथा समन्वय ईकाई तथा प्रादेशिक कार्यालय वन डिभिजन कार्यालय,खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय मा प्रमुख छैनन ।
सघिय तथा प्रादेशिक माताहतमा रहेका कार्यालयका कार्यलय प्रमुख नहुदाँ सेवा ग्र्राहीको काममा बाधा भएको छ भने । अत्तियारी प्राप्त नभएका कर्मचारीहरु अफिसमा आउने घाम तापेर बस्नु बाहेकको विकल्प नभएको कर्मचारीहरु बताउछन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post