सरला सुबेदी
नरैनापुर बाँके माघ १० गते । बाके जिल्लामा पहिलो पटक नरैनापुर गाउँपालिकाले पालिका भित्र रहेका सरकारि विद्यालयका विद्यार्थी भाईबहिनिहरु लाई विद्यालय आउन जानको लागी सजिलो होस र बिद्यालयमा टाढा टाढा बाट हिडेर आउने बाध्यताले बिद्यालय आउने बालबालिकाको कमि नहोस सबैले पढ्न पाउन भनेर बस सन्चालन मा ल्याएको हो ।
उद्घाटन कार्यक्रम नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह को अध्यक्षतामा भएको थियो भने उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बाके जिल्ला क्षेत्र नम्बर १का संघीय सासद महेश्वर गहतराज अथक रहेका थिए भने बिशिष्ट अतिथी नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेत रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले बगौडा क्षेत्र भनेर चिनिने यस गाउँपालिकाले बिद्यालयका विद्यार्थी भाईबहिनिहरुको लागी यस हुलाकी सडक मार्फत महत्वपूर्ण मूलधारमा जोडिएको मुख्य सडकमा पहिलो पटक सहजताको लागी घर आगनमा स्कुल बस सन्चालनमा ल्याएर नमुना कार्य गरेको भन्दै गाउँ पालिकाको सम्पुर्ण टिमलाई धन्यवाद दिए ।
उनले यसै बर्ष भित्र सबै ठाउँमा बिधुतिकरण गर्ने सबै वडामा सिचाईको सुबिधा पुर्याउने सडक बिस्तारको कामलाई चाडो भन्दा चाडो पुर्णता दिने भन्दै प्रतिबद्धता गरेका छ्न । यसैगरी गाउँपालिका अध्यक्ष शाहले बिद्यालय टाडा भएको कारण बिद्यालय मा विद्यार्थीको संख्या घट्ने क्रम बढेकोले आगामी दिनमा उनिहरुको सहजताको लागी र विद्यार्थीहरुलाई हिडेर जाने समस्याले बिद्यालय जान हौसला प्रदान गर्न स्कुल बस संचालनमा ल्याएको बताए ।
स्कुल समय बाहेक यो बसलाई पालिका भित्र का अशक्त अपाङ्ग , बृद्ध, तथा जेष्ठ नागरिकहरु जो हिडेर गाउँपालिका सम्म जान सक्दैनन उनिहरुको लागि सधै सेवाप्रदान गर्ने बताए ।उद्घाटन कार्यक्रम मा पालिका भित्रका सम्पुर्ण वडा अध्यक्ष ,महिला सदस्य सुराक्षा निकायका प्रतिनिधि, सरकारी स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
Discussion about this post