पोखरा माघ १० गते ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो । जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेर प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । ठगी र बैंकिङ कसुरमा विभिन्न व्यक्तिले जाहेरी दिएको र त्यसैको अनुसन्धानका सिलसिलामा उहाँलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको प्रहरीको भनाइृ छ ।
एन्फा कास्कीका अध्यक्ष रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए । भने सासंद मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
Discussion about this post