सरला सुबेदी
कोहलपुर ,माघ १३ गते । कोहलपुर नगरपालिकामा सोमबार १ घण्टा तालाबन्दी भएको थियो । राष्ट्रमुखी निर्माण सेवा कोहलपुरले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको मुलगेटमै ताला लगाएको थियो ।
सुर्खेत रोड इन्द्रेणी चोक हुदै गोरखा स्कुल सम्म जाने सडक निर्माणका लागी राष्टमुखी निर्माण सेवाले जिम्मा पाएको थियो । करिब २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा लिएको राष्टमुखी निर्माण सेवाले रनिङ्ग बिलमा ६५ लाख मात्र लिएको राष्टमुखी निर्माण सेवाका गौरव रावले बताए । आफुले सडक निर्माणका पाउनुपर्ने रकम नपाएपछी बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको रावत बताउछन् ।
कोहलपुर नगरपालिका र निर्माण सेवा बिच भएको सम्झौता अनुसार सडक निर्माण गर्ने सम्झौता भएको थियो ।तर बारम्बार धाउदा पनि रकम नपाएको उनले बताए कोहलपुर नगरपालिका जनप्रतिनिधी कर्मचारी र निर्माण सेवा कम्पनी बिच छलफल पश्चात १ घन्टापछी नगरपालिकामा लगाइएको ताला खोलिएको छ ।
Discussion about this post