बाँके माघ १४ गते । नेपालगन्जको नगर भवन अगाडी बालाजीका भक्तहरुले रु १० रुपैयामा खाना दिन शुरु गरेका छन् ।
१० रुपैयामै साकाहारी खाना पेटभरी खान पाईन्छ । दाल, तरकारी, अचार आदि इत्यादी सहित स्वादिष्ट खानाका परिकार हुने गरेको छ । खाना पकाउने कालिगढलाई पारीश्रमिक दिनु पर्ने भयकोले दश रुपैया रकम लिनु पर्यको नरेश कुमार अग्रवालले जानकारी दिए।
नेपालगन्जमा रु १० रुपैयामा खाना खानेको भिड नै लाग्ने गरेको छ । बिशेष गरी मजदुर र गरिब हरु खाना खान बढी आउने गरेको अग्रवालले बताए ।
अहिले दैनिक चार सयदेखि पाँच सयसम्म खान आउने गरेका छन ।खाना खुवाउने कार्यक्रम शनिवार मंगलवार खाना खुवाईदै आएको आयोजकले जनाएको छ ।
Discussion about this post