भिम पौडेल
बाँके माघ १५ गते । जनस्वास्थ्य कार्यालय बाँकेले राष्ट्रीय हात्तीपाइले रोग निवारणका लागि यहि २५ गते देखी अभियानका रुपमा हात्तिपाईले रोग बिरुद्दको औषधी खुवाउने कार्यक्रम राख्ने भयको छ ।सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । सोहि लक्ष अनुरुप बाँके को सबै पलिकाहरुमा सरकारले झन्डै पौने दुई करोड रुपैयाँ खर्च गर्दैछ ।
औषधी वितरण कार्यक्रम अन्तर्गत अहिले बाँकेमा ६ लाख एक हजार आठ सय ७६ जनसंख्यालाई खुवाईने भएको छ । यसका लागि चार सय १६ जना स्वास्थ्यकर्मी र सात सय ८९ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।सरकारले हात्तीपाइलेको अभियान सञ्चालन गरेको जिल्लाका विरामीलाई वर्षमा एक पटक ६ वर्षसम्म दुई प्रकारका औषधि डीईसी र अल्बेन्डाजोल खुवाउँदै आएको छ । यो औषधी हालसम्म ६३ जिल्लाका १० करोडभन्दा बढीले सेवन गरिसकेको पत्रकार अन्तरक्रिया कार्यक्रम मा जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताए ।
अहिले पनि बाँकेमा २०० जना मध्य २ जनामा झन्डै १० प्रतिशत हात्तिपाईले रोगका विरामी रहेको सरकारी तथ्याकं रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाकै वडाहरूमा रहेको नागरिकले औषधी सेवन नगर्ने गरेको भेटिएको कार्यक्रममा जनाएको थियो । यो औषधी वर्षको एक मात्रा लगातार ६ वर्ष सम्म सेवन गर्नु पर्दछ ।
औषधी सेवनका लागि सरकार वा जनस्वास्थ्य कार्यालयले पनि स्थानीय तहमा सचेतनात्मक कार्यक्रम गर्न सकेको भने छैन । मानिसहरुमा औषधी सेबन गर्दा बिरामी परिने मर्ने जस्ता भ्रम पुण कुराले धेरैले औषधी सेवन नगरेको पाएको छ । शाहि को अनुसार जस्लाइ औषधी को प्रभाब हुन्छ तेस्तो ब्यक्ती नै बढी हात्ति पाइले रोगबाट प्रभाबित रहेको ठान्नु पर्ने बताए तेस्तो केही अफठेरो परेको खन्डमा तुरुन्तै स्वास्थ्य चौकी मा सम्पर्क गर्न समेत बताए ।
यस वर्ष प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया र कपिलबस्तु सहित देशभरका १३ जिल्लामा हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ ।
यो कस्तो रोग हो ?
हात्तीपाईले लामखुट्टेको टोकाईका कारण एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया बान्क्रोफ्टी नामको परजिवीबाट लाग्द छ ।
Discussion about this post