नवलपुर माघ १८ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा एक ६६ बर्षीया महिला बलात्कृत भएकी छिन् ।
घटना माघ ८ गतेको भए पनि पीडित महिलाले शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएका छन् ।
हुप्सेकोट २ कालिया निवासी ५५ बर्षीय लक्ष्मण कार्कीले घर कोही नभएको बेला चुरोट खाने वाहानामा घर पसी ति महिलालाई बलात्कार गरेको स्थानीय नवराज सोमैले बताए ।घटनाको बारेमा पीडित महिलाले न्यायीक समितिका सदस्य शिव ढकालले न्यायिक समितिले यो मुद्दा हेर्दैन भनेर जानकारी दिएका कारण प्रहरीमा उजुरी गर्न आउन ढिलो भएको स्थानीयले बताएका छन् ।आरोपित ब्यक्तीको खोजी कार्य शुरु गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post