बाँके माघ २० गते । नेपालगन्जमा प्रधान कार्यालय रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘मोवाइल बैकिङ्ग’ सेवा शुरु गरेको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरी उक्त मोवाईल बैकिङ्ग एपको उद्घाटन गर्दै शेयर सदस्यलाई वितरण समेत गरिएको अध्यक्ष विष्णु रिमालले जानकारी दिए ।
रिमालका अनुसार हाम्रो टेक्नोलोजीसंगको सहकार्यमा निर्माण गरिएको एप मार्फत बिजुलीको बिल भुक्तानी गर्न सकिने छ ।
त्यस्तै मोवाईलमा रिचार्ज गर्न सकिने छ भने इन्टरनेट, पानी, केवल, हवाई टिकट, सिनेमा, होटलको बिल भुक्तानी गर्न सकिने छ ।
आफ्ना शेयर सदस्यका लागि नमस्तेले बाँकेका सहकारी मध्ये पहिलो पटक मोवाइल बैकिङ्ग शुरु गरेको रिमालले बताए ।
‘प्रविधिको प्रयोग अनिवार्य छ । हामी सम्पूर्ण सदस्यलाई एपका बारेमा जानकारी गराउँन प्रशिक्षण दिइरहेका छौं ।’– रिमालले भने ।
व्यवस्थापक शालिकराम डाँगीका अनुसार, नमस्ते सहकारीमा एक हजार ७ सय ९४ शेयर सदस्य छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post