बाँके माघ २२ गते । ए.जि सर्भिस प्रा.लि नेपालगन्ज ,बाकेको आयोजनामा हुन गइरहेको नेपालगंज महोत्सवको पहिलो चरणको पत्रकार सम्मेलन गरेको छ ।
नेपाली गित संगितकला,संस्कृति ,भाषा,पर्यटन,अध्ययन,अनुसन्धान ,अभिलेखिकरण ,आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाइ अगाडि बढाइ देशमा रहेका बेरोजगार युवाहरुलाइ रोजगार र जनचेतना मुलुक उदेश्यका साथ २०७५ सालदेखि आयोजना गरिदै आएको र यस पटक पनि द्रोसो संस्करणको रुपमा द्रोसो नेपालगन्ज महोत्सव फाल्गुन २१ गते देखि चैत २ गते दिउँसो १२ बजे देखि राती १० बजे सम्म संचालन हुने भयको छ ।
महोत्सवमा करिब ३०० बढी स्टल रहने ब्यवस्थापन गर्ने एजि सर्भिस प्रा. लि. का अध्यक्ष नन्दु बुढा ले जानकारी दिएका छन । यस पटकको महोत्सवमा दिउसोको कार्यक्रम पछि रात्रीकालिन कन्सर्ट पनि हुने जनाएको छ । यसको लागि आयोजक संस्थाले जिल्ला प्रशासन कार्यलय बाके बाट अनुमति समेत पाइसकेको जानकारी दिए । स्थानीय तथा राष्ट्रिय स्थरमा ख्याती प्राप्त कलाकारहरुको बिजोर प्रस्तुति रहनेछ ।
विभिन्न प्रकारका नृत्य प्रतियोगिताको पनि आयोजना गरिनेछ । आन्तरिक सुरक्षाका लागि सुरक्षा गार्डहरुको पनि राम्रो ब्यवस्थापन र सिसिटिभी को निगरानी मा राखिने छ । आजको पत्रकार सम्मेलन महोत्सव को सामान्य जानकारी गरिएको छ । र अर्को पट्कको पत्रकार सम्मेलनमा बिस्तृत जानकारि दिने भएको छ ।
Discussion about this post